Logo
Logo

सामाजिक सञ्जालबाट निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने


756
Shares

काठमाडाैं । निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग गरेर कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षण गर्न नपाइने जनाएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मत सर्वेक्षण र परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट पारेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागु भइसकेको छ ।

यो सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको भेटिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो कार्य आचारसंहिता, २०७९ को दफा ४ (त) विपरित भएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए । निर्वाचन आचार संहिताविपरित कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुनेसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्