Logo
Logo

महोत्तरी-१ : एमालेका तीन पूर्वसहकर्मीको भिडन्तको फाइदा माओवादीलाई


23.1k
Shares

महोत्तरी। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महोत्तरी–१ मा पूर्वसहकर्मीबीच भिडन्त हुने भएको छ ।

विशेषगरी प्रदेशसभामा नेकपा एमालेका पूर्वसहकर्मी सुरेश राउत र सारदादेवी थापा, एमालेका बागी उम्मेदवार फाल्गुन सुस्लिङ्ग मगर र माओवादी केन्द्रका राजन ढुंगानाबीच प्रतिस्पर्धा हुँदैछ ।

एकले अर्कोले मत काट्ने भएकाले चारै जनालाई उत्तिकै जोखिममा छन् । यस्तो भिडन्तले एमालेका उम्मेदवारलाई बढी क्षति पुग्ने प्रष्ट छ । कुनै वेला एमालेमै रहेका सुरेश राउत सत्ता गठबन्धनको नेकपा एसबाट साझा उम्मेदवार बनेका छन् ।

एमालेबाट नेतृ सारदादेवी थापा राउत प्रतिस्पर्धामा छिन् । माओवादीबाट एमालेमा आएका फाल्गुन सुस्लिङ्ग मगरले पनि उनीहरूलाई चुनौती दिइरहेका छन् ।

पूर्ववडा अध्यक्ष समेत रहेका मगर बागी उम्मेदवार बनेपछी एमाले कै मत काटिने आकलन धेरैको छ । व्यक्तिप्रति असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई समेत मतदान गर्न निक्कै सहज भएको छ । सारदादेवी थापा यसअघि पनि प्रदेशसभामा सांसद थिइन् ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्रलाई सहयोग गरेको भन्दै एमालेभित्रैको एउटा समूह थापाप्रति रुष्ट छ । केहीदिन अघि एमालेका प्रदेश सदस्य चन्द्रबहादुर क्यापछाकीले विज्ञप्तिमार्फत स्वतन्त्रलाई भोट माग्नेलाई पार्टीले टिकट दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । यदि पार्टीभित्र यस्ता प्रकारका असन्तुष्टि बन्द नहुने हो भने यसको प्रत्यक्ष लाभ नेकपा एसका सुरेश राउतले उठाउन सक्छन् ।

यता, माओवादीका पूर्व सहकर्मीहरूबीचको लडाइले प्रदेशसभाको चुनावी समीकरण थप पेचिलो बन्दै गएको छ । आंकलन गर्नेहरूले योजनाअनुसार नै राजन ढुंगना र फाल्गुन सुस्लिङ्ग मगरले उम्मेदवारी फिर्ता नलिएको बताउँदै आएका छन् ।

अन्तिममा फाल्गुन सुस्लिङ्ग मगरले पूर्व सहकर्मी ढुंगानालाई पो सघाउने हुन् की भन्ने आसंका बढेको छ । जसको परिणामस्वरूप एमालेले थप घाटा बेहोर्न सक्ने देखिन्छ ।

माओवादीबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका राजन ढुंगाना पनि जिल्लामा बलिया उम्मेदवार मानिन्छन् । बर्दिबास–३ का पूर्व वडाध्यक्ष ढुंगानाले आफ्नो कार्यकालमा गरेको कामको ब्याज अहिले पनि खाइरहेका छन् । माओवादी केन्द्रको एउटा समूह ढुंगानाको साथमा रहेको हुनाले प्रतिस्पर्धामा मैदानमा उत्रिएका उम्मेदवारमध्ये ढुंगाना पनि बलियो रहेको आंकलन छ ।

प्रदेश ‘क’मा युवराज पोखरेल चुनावी मैदानमा छन् । उनी बर्दिबास नगरपालिकामा नगरप्रमुख जितेका प्रल्हाद पक्षधर स्वतन्त्र उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्