
१. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा जसपाबाट सरकारमा सहभागी मन्त्रीहरू बर्खास्त, सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चारै जना मन्त्रीको पद गयो, प्रधानमन्त्रीद्वारा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त ।

२. आगामी मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जना उम्मेदवारविरुद्ध सर्वोच्च अदातलमा रिट दर्ता, विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरि, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग ।

३. सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने, कात्तिक ४ गते पोखर र बुटवलमा, कार्तिक ५ गते विराटनगर र जनकपुरमा गर्ने, कार्तिक ६ गते धनगढी र सुर्खेतमा, कार्तिक ७ गते काठमाडौंमा हुने, मूल नारा- ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन ।’

४. आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया शुरु, समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको र प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट शुरु भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीद्वारा जानकारी, प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने ।

५. आगामी मंसिर चार गते हुने निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने र गराउने, आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतलाई निर्देशन दिइएकाले कारबाहीका लागि कुनै सङ्कोच नराख्न निर्देशन ।

६. असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय गर्ने बागीलाई नेपाली कांग्रेसले माफी दिने, संघ तथा प्रदेश सभामा सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेकालाई उम्मेदवारी निष्क्रिय पार्न आग्रह, बागी उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया र्पुयाई फुकुवा गर्ने ।

७. अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसिदिएपछि आक्रोशित बनेका एमालेका नेता डा. भीम रावलले तत्काल पार्टी नछाड्ने, टिकट षड्यन्त्रपूर्वक खोसियोको आरोप, प्रधानमन्त्री हुँदा आधा समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुने तर, निरन्तर देशका लागि आवाज उठाउँदै संसदमा सक्रिय हुनेलाई टिकट नदिएको भन्दै आक्रोश व्यक्त, ओलीले पार्टी सिद्धन्त विपरीत जसपासँग चुनावी तालमेल गरको भनाइ ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लाग्यो, नेप्से परिसूचक चार दशमलव १५ अङ्कले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ मा कायम, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ इनडेक्स शून्य दशमलव ९५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव १४ मा सिमित, दुई सय २२ कम्पनीको २६ लाख ९८ हजार तीन सय ४७ कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार नौ सय २० रुपैयाँमा खरिद बिक्री ।

९.नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा ६ प्रदेश सहभागी हुने, शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन खेलाडी दमौलीमा, महिला बास्केटबल प्रतियोगिताअन्तर्गत दुई विधामा खेल हुँदै, ओलम्पियन खेलाडीहरू लुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर पोखरातर्फ प्रस्थान ।

१०. संयुक्त राष्ट्रसंघको महासभामा रूसमाथिको बहसका क्रममा पाकिस्तानले कश्मीर मुद्दा उठाएपछि भारतद्वारा त्यसको आलोचना, रूस–युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै पाकिस्तानी कूटनीतिज्ञ मुनिर अक्रमले कश्मीरको मुद्दा उठाएपछि भारतद्वारा त्यसको प्रतिवाद ।












