स्याङ्जा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको स्वर्ण विभागीय टोली एपीएफ क्लबले जितेको छ ।

बिहीबार स्याङ्जाको वालिङमा भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै एपीएफले स्वर्ण जितेको हो ।
एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसका लागि निरु थापाले गरेको गोल सान्त्वना गोल बन्यो ।
महिला फुटबलमा कास्य पदक भने विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कांस्य पदकका लागि भएको खेलमा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गरेको थियो ।











