एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग पराजित भएको छ । गएराति भएको खेलमा टोटेनहम न्यूक्यासलसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

न्यूक्यासललाई जित दिलाउनको लागि कलुम विल्सन र मिगुइल अल्मिरोनले गोल गरे । टोटेनहमका ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेन ।
खेलको ३१औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्यूक्यासललाईअग्रता दिलाए । ४०औं मिनेटमा मिगुइल अल्मिरोनले सिन लङस्टाफको पासमा गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे ।
५४औं मिनेटमा ह्यारी केनले क्लेमेन्ट लेङ्लेटको पासमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम घरेलु मैदानमा स्तब्ध बन्न पुग्यो ।
योसँगै पराजित टोटेनहम २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । न्यूक्यासल २१ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।











