
काठमाडौँ । ला लिगा फुटबलमा रियल म्याड्रिडलाई जिरोनाले बराबरीमा रोकेको छ ।
आइतबार दुवै टिमले १–१ को बराबरी खेल्दै अंक बाडेका हुन् । खेलको अन्त्यमा रियल १० खेलाडीमा सीमित रहेको थियो ।
टोनी क्रुसले आफ्नो खेल जीवनकै पहिलो रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । रियलले भिनिसियस जुनियरको गोलले अग्रता लिएयता जिरोनाका लागि क्रिस्टियन स्टुनीले बराबरी गोल फर्काए ।
रियल शीर्ष स्थानमा उक्ले पनि दोस्रो स्थानमा रहेको बार्सिलोनासँगको दूरी १ अंकमा छोट्टिएको छ ।












