Logo
Logo
एकीकृत समाजवादीकाे घोषणापत्र

पूर्व-पश्चिमका सबै नदी जोड्ने मेगा नहर बनाइने


378
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घोषणापत्रमा ‘सिँचाइमा लगानी : कृषियोग्य जमिनमा पानी’को नारालाई प्राथमिकता दिने जनाएको छ ।

घोषणापत्रमार्फत् ‘नेपालको पानी, नेपालमै’ भन्ने अवधारणा अघि सार्दै उसले सबै नदी एकअर्कासँग जोडेर ‘पूर्व–पश्चिम मेगा नहर’ राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने जनाएको हो । सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दिर्घकालीन सोचका साथ यो योजना ल्याइएको समाजवादीले जनाएको छ ।

भूमिगत सिँचाइको सम्भावना भएका तराई–मधेस र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेल र पहाडी भूभागमा लिफ्ट सिँचाइ कार्यक्रम लागू गरिने घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्