Logo
Logo
माओवादीको प्रतिवद्धता-

यस्तो छ माओवादीको ६ बुँदे आर्थिक नीति


4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा विशेष जोड दिँदै ६ बुँदे समष्टिगत आर्थिक नीति सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जारी गरेको प्रतिवद्धतापत्रमार्फत माओवादीले ६ वटा बुँद्धामा आर्थिक नीति सार्वजनिक गरेको हो ।

आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा जोड दिएको माओवादीले जमिन, जङ्गल, पानी, खानी र जैविक विविधता लगायतका प्राकृतिक स्रोतको उच्चतम उपयोगमा जोड दिएको छ ।

त्यसैगरी, स्वास्थ्य र शिक्षामा राज्यको लगानी वृद्धि र प्रभावकारी व्यवस्थापन तथा नियमन, सर्वसुलम एवम् गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा जोड दिने माओवादीको नीति रहेको छ ।

माओवादीले समष्टिगत आर्थिक नीतिमार्फत गाउँ–गाउँ पुग्ने पर्यावरणमैत्री दिगो पूर्वाधार विकास, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक र सांस्कृतिक विभेदको अन्त्य र विकासको प्रतिफलको न्यायोचित वितरण, हरेक उमेर समूह र वर्गका नागरिकका लागि सबल सामाजिक सुरक्षा प्रणाली र भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती विरुद्ध प्रभावकारी सुशासनमा जोड दिएको छ ।

यस्तो छ माओवादीको ६ समष्टिगत आर्थिक नीति
१. आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा प्रमुख जोड ।
२. जमिन, जङ्गल, पानी, खानी र जैविक विविधता लगायतका प्राकृतिक स्रोतको उच्चतम उपयोग ।
३. स्वास्थ्य र शिक्षामा राज्यको लगानी वृद्धि र प्रभावकारी व्यवस्थापन तथा नियमन, सर्वसुलम एवम् गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा जोड ।
४. गाउँ–गाउँ पुग्ने पर्यावरणमैत्री दिगो पूर्वाधार विकास ।
५. जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक र सांस्कृतिक विभेदको अन्त्य र विकासको प्रतिफलको न्यायोचित वितरण ।
६. हरेक उमेर समूह र वर्गका नागरिकका लागि सबल सामाजिक सुरक्षा प्रणाली । ७. भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती विरुद्ध प्रभावकारी सुशासनमा जोड ।

प्रतिक्रिया दिनुहोस्