Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

घोषणापत्र सार्वजनिकदेखि सेयर बजार उकालोसम्म


819
Shares

१. नेकपा माओवादी केन्द्रद्वारा आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभालक्षित आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने प्रस्ताव, तीन वटै सदनबाट ठूलो संख्यामा सांसद कटौती गर्ने प्रस्ताव ।


२. आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एकीकृत समाजवादीद्वारा घोषणापत्र सार्वजनिक, महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर, निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड, महँगीको र कालोबजारीलाई अन्त्य गर्न पहल गर्ने प्रतिबद्धता ।


३. आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित राप्रपाको घोषणापत्र सार्वजनिक, निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न आह्वान, अबको गन्तव्य सबल र समुन्नत नेपाल निर्माण भएको उल्लेख, विसं २०८७ सम्ममा नेपाललाई मध्यमआयस्तर भएको मुलुकमा रुपन्तरण गर्ने अठोट ।


४. आगामी मङ्सिर हुने निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी, दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले भनाइ, प्रत्यक्षतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छापियो ।


५. आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने, प्रचारप्रसारमा लागेको खर्चको विवरण उम्मेदवार आफैँले मतदान सम्पन्न भएको १५ दिनभित्र पेश गनुपर्ने ।


६. उम्मेदवारी खारेजीको निर्णय गैरकानुनी भएको दाबी गर्दै ललितपुर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीद्वारा सर्वोच्च अदालतमा रिट दायर, आयोगको निर्णय गैरकानुनी र नियतवस रहेकाले अन्तरिम आदेश जारी गर्न माग, आयोगको निर्णय पूर्वाग्रही भएको दाबी, पेशी मंगलबारलाई तोकियो ।

७. यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत रहने विश्व बैंकको आकलन, सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी बृद्धि हुने प्रक्षेपण, सन् २०२२ को मुद्रास्फीतिदर ६ दशमलव तीन प्रतिशत रहने आकलन ।


८. तिहार र छठ पर्वको लामो बिदापछि खुलेको पुँजी बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से परिसूचक १६ दशमलव ३९ प्रतिशतले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ बिन्दुमा पुग्यो, ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच ।


९. जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर, मुद्दामाथि मङ्गलबारदेखि थुनछेक बहस हुने, लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग, आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको सन्दीपको बयान ।


१०. दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी, वर्तमान राष्ट्रपति जायर बोल्सोनारो पराजित, ब्राजिलमा ‘शान्ति र एकता’को लागि आह्वान, सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो राष्ट्रपति बने बोल्सोनारो ।

प्रतिक्रिया दिनुहोस्