Logo
Logo

 मतदातालाई ओलीको धम्की- एमालेलाई नजिताए दुर्भाग्य भोग्नुपर्छ


5.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन आफ्नो पार्टीलाई नजिताए दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । 

बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन उनले यसपटक एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताए । एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उनको भनाइ छ ।  

अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गरे । उनले विकासको मुल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमालेले गर्ने दाबी गरे । 

उनले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलच्छिना सरकारको संज्ञा दिए । देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउनु नहुने बताए । 

प्रतिक्रिया दिनुहोस्