Logo
Logo

काठमाडौं-१ मा गठबन्धनलाई लोसपाको समर्थन



काठमाडौं । काठमाडौं–१ मा लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई समर्थन गरेको छ ।

लोसपाबाट काठमाडौं १ मा प्रकाश नायजु उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनलाई समर्थन गर्ने भएके हो ।
काठमाडौं–१ प्रदेशसभा (क)का लोसपा उम्मेदवार रणवीरसिंह क्षेत्रीले पनि उम्मेदवारी निस्कृय गर्दै सत्ता गठबन्धनका उम्मेदवार दीपेन्द्र श्रेष्ठलाई सहयोग गर्ने भएका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै लोसपाले काठमाडौ–१ गठबन्धनलाई समर्थन गर्ने जनाएको हो । तर, प्रदेशसभा (ख)का लोसपा उम्मेदवार करण श्रेष्ठको उम्मेदवारी भने कायमै रहेको जनाइएको छ ।

नेता सिंह र श्रेष्ठलाई समर्थन गरेका लोसपाका उम्मेदवारले आजैदेखि आफ्नो चुनाव प्रचार नगरी सत्ता गठबन्धनका उम्मेदवारको प्रचारमा लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्