काठमाडौं । उदयपुर–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्का आफ्नो जीत हुनेमा ढुक्क छन् ।
यसअघि लगातार यस क्षेत्रबाट चुनाव जित्दै आएका खड्कालाई यस पटक नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच दलीय गठबन्धनको साथ छ । त्यसैले पनि उनी आफ्नो जीत हुनेमा निर्धक भएका हुन् । उनका प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका उम्मदवार मञ्जुकुमारी चौधरी चुनावी मैदानमा छन् ।

डा. खड्का हालमा परराष्ट्रमन्त्री हुन् भने उनका प्रतिस्पर्धी चौधरी पूर्वशहरी विकास राज्यमन्त्री हुन् । २०७४ मा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गर्न सफल खड्काले यसपटक गठबन्धनको बलियो समर्थन पाएका छन् । खड्काले २०६४ यता निरन्तर चुनाव जित्दै आएका हुन् ।
स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतको आधारमा पनि उदयपुर–१ मा सत्ता गठबन्धन बलियो छ । पाँचदलीय गठबन्धनसँग कुल ४२ हजार २७३ रहेको छ भने एमालेसँग २७ हजार ७९७ मत छ ।














