Logo
Logo

चुनावबाट समाजवाद आउँछ भन्ने दृष्टिकोण नै संशोधनवाद हो-नारायणमान बिजुक्छें (रोहित)


- दृष्टि न्युज/संवाददाता


वि.सं. १९९६ सालमा भक्तपुरको सुकुलढोका–५मा जन्मिएका नारायणमान बिजुक्छें उमेरले ८० वर्ष लागे । तर, उनको राजनीतिक सक्रियता र ऊर्जा युवाकालनी नै छ । साढे ६ दशकभन्दा लामो राजनीतिक जीवन बिताएका उनी हाल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष छन् । पिता गणेशमान र माता सूर्यमालाका जेठा सन्तान नारायणमानले भक्तपुरको पद्म माध्यामिक, शारदा रात्रि माध्यामिक हुँदै भक्तपुर कलेजबाट औपचारिक शिक्षा लिए । युवा अवस्थामै सक्रिय राजनीतिमा होमिएका कारण स्नातकभन्दा माथि औपचारिक शिक्षा लिन त पाएनन्, तर राजनीति शास्त्र र अर्थशास्त्रमा स्वअध्ययनबाट निकै ठूलो ज्ञान आर्जन गरे ।

२०१२ सालतिरबाटै कम्युनिष्ट पार्टीका कार्यक्रममा सहभागिता जनाउन थालेका उनले एक वर्षपछि विद्यार्थी फेडरेशनको सदस्यता लिए भने २०१७/०१८ मा क्याम्पसको विद्यार्थी युनियन अध्यक्ष चुनिए । २०१५ मा माक्र्सवादी अध्ययनसर्कलमा संलग्न रही २०१६/०१७ मा भक्तपुरको जिल्ला कमिटी अध्यक्ष भएका उनी २०२१/०२२ तिर पञ्चायती व्यवस्थाले चलाएको भूमिसुधार कार्यक्रमअन्तर्गत मोहीहरूले पाउनुपर्ने मोहीयानी हक दिलाउन निकै सक्रियतापूर्वक लागे । २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छेले तत्कालीन पूर्वी पाकिस्तान (बंगलादेश)माथि भारतको हस्तक्षेप र अरु सैद्धान्तिक कुरामा मतभेद भएपछि २०३१ सालमा पुष्पलाल समूहबाट अलग भई २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरे । त्यसयता उनी लगातार सो पार्टीको अध्यक्ष छन् ।

राजनीतिक संघर्षको दौरान उनले करिब २० महिना जेलजीवन पनि बताएका छन् । २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी २०६४ र २०७० मा भएका पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, संविधान जारी भएपछि भने, उनले आफूलाई यो दौडबाट टाढा राखे । पार्टीभित्र नेतृत्व निर्माणको उदाहरण प्रस्तुत गर्दै उनले २०७४ मा भएको निर्वाचनमा आफ्नो पार्टीबाट प्रेम सुवाललाई उम्मेदवार बनाए र निर्वाचित पनि गराए । प्रस्तुत छ, कडा अनुशासन, पार्टी पद्धति र विधिलाई सधैं व्यवहारतः लागू गर्न प्रतिबद्ध देखिने उनै बिजुक्छेंसँग दृष्टिका लागि छविरमण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :

नारायणमान बिजुक्छें (रोहित), अध्यक्ष, नेपाल मजदुर किसान पार्टी

संविधानमा ‘समाजवाद उन्मुख’ वाक्यांश त फ्रान्सेली क्रान्तिको बेला १० वर्षमा ४ वटा बनेका संविधानमा पनि थियो र भारतीय पुंँजीवादी संविधानमा पनि देखावाको रूपमा छ । श्रीलङ्काले एकपटक आफ्नो संविधानमा समाजवादी नै घोषणा ग¥यो । सम्झनु र बुझ्नुमा फरक छ तथा काम गरेर देखाउनुमा भिन्नता छ ।

यति लामो संघर्षपूर्ण जीवनलाई फर्केर हेर्दा के गुमाएँ, के पाएँ जस्तो लाग्छ ?

गुमाएँ भन्नु भन्दा उमेर थपें र केही अनुभव प्राप्त गरें भन्ने लाग्छ ।

यहाँ नेपाली कम्युनिष्ट आन्दोलनको एउटा अभिभावककै रूपमा हुनुहुन्छ । र, आजका दिनसम्म पनि संघर्षरत हुनुहुन्छ । नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाको विश्लेषण कसरी गर्नुहुन्छ ?

पुराना कथा र पुराणहरूमा जसरी भेष बदली लडाईंहरू जित्छन्, त्यस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा चलिरहेको छ । पु“जीवादीहरू कम्युनिष्टको भेषमा कामदार जनता र संसारलाई धोका दिँदै सत्तामा पुगेका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको शृंखलालाई हेर्दा आजको दिन उपलब्धिपूर्ण भन्न सकिन्छ ?

नेपालको कम्युनिष्ट आन्दोलनको शृंखलालाई हेर्दा त्यसअघि विश्वको कम्युनिष्ट आान्दोलनलाई पनि हेर्नुपर्छ । रुसी कम्युनिष्ट पार्टीकै इतिहास हेर्दा सन् १९१७ को समाजवादी क्रान्तिभन्दा पहिले पनि अनेक सैद्धान्तिक विचलन देखिए भने, सोभियत संघको सफलता चुलीमा पुग्दासमेत खु्रश्चेभ संशोधनवादीहरू देखा परे । गोर्भाचोभ सत्तामा पुगे पछि समाजवाद र सोभियत कम्युनिष्ट पार्टी नै विघटन गरेर सोभियत संघलाई १५–१६ टुक्रामा विभाजित गरे ।

कार्ल माक्र्स र एंगेल्सपछि जर्मनीको कम्युनिष्ट पार्टीमा बर्नस्टिन जस्ता विश्वासघातीहरू देखा परे । तिनीहरूले निर्वाचन जितेर सरकारमा पुग्ने अर्थात् शान्तिपूर्ण ढंगले नै क्रान्ति हुन्छ भन्ने खोटो सिद्धान्त अघि सारे । यही कुरा भारतीय कम्युनिष्ट आन्दोलनमा डांगे गुटले र इन्डोनेशियामा डी.एन. अडितले सुकार्नोकै पालाको सरकारलाई ‘अर्ध–समाजवाद’ भन्दै सशस्त्र संघर्षको बाटो त्यागेका थिए । त्यसको परिणाम देखिहालियो ∕ १५ लाख कम्युनिष्टहरू मारिए र प्रतिक्रियावादी र तानाशाही सुहार्तोहरूले ५०–६० वर्ष शासन गरे ।

नेपालको कम्युनिष्ट आन्दोलनमा सरकारमा जाने नेताहरू र ‘जनताको बहुदलीय जनवाद’ लाई अघि सार्ने मदन भण्डारीसमेत नेपालका बर्नस्टिन हुन् । त्यसैले यो अवस्थालाई उपलब्धिमूलक बन्न त मिल्दैन नै । साथै, यस्तो स्थितिलाई निराशाको भन्दा पनि सैद्धान्तिक विचलन र अस्पष्टताको स्थिति भन्नु बढी उपयुक्त हुन्छ ।

समग्र प्रोग्रेसमा हेर्दा हामी समाजवादतिर जाँदै छौँ, अथवा उल्टो बाटोतिर ?

‘कम्युनिष्ट’ नामका नेपाली शासकहरूले नेपाली कामदार जनतामाझ समाजवाद शब्दलाई बिटुल्याउ“दै छन् र पु“जीवादी दलका नेताहरूले त ‘एमाले, माओवादी’ र अन्य नेकपा समर्थक दलहरूलाई “यिनीहरू त हामी जस्तै” अर्थात नेपाली कांग्रेसजस्तै हुन् भनी चिनिसकेका छन् ।

यहाँहरूको विश्लेषणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कस्तो पार्टी हो ?

आजको ‘नेकपा’ भाइ कांग्रेस हो ∕ २५ वर्ष अगाडि नै मैले एमालेलाई ‘भाइ कांग्रेस’ भनेको थिए“, सदनमा । यो मेरो गाली र विरोध होइन, विश्लेषण हो ।

तर, नेकपाले त आफूलाई कम्युनिष्ट दावी गर्छ । नेकपाका नेताहरू मुलुकलाई समाजवादी यात्रामा हिँडाएको र त्यसको नेतृत्व गरिरहेको भनेर दावी गर्छन् नि ?

‘समाजवाद’ र ‘समाजवादी यात्रा’ परिभाषालाई नउल्टाएसम्म नेकपालाई ‘कम्युनिष्ट’ ‘समाजवादी’ र पु“जीवादलाई मलजल गरेको स्वीकार नगरेसम्म नेकपाको काम कार्यवाहीलाई ‘समाजवादको यात्रा’ भन्न सकिन्न । भन्नलाई त इन्दिरा गान्धीले पनि ‘समाजवाद’ ल्याउने र ‘गरिवी हटाऊ’ भन्थे । हिटलरले पनि ‘राष्ट्रिय समाजवाद’ को नारा दिएकै हो । बी.पी.(विश्वेश्वरप्रसाद कोइराला)ले २०१५ सालको निर्वाचन घोषणा पत्रमा हाम्रो टाढाको उद्देश्य ‘समाजवाद’ भनेका थिए । त्यसवेला गोर्खा परिषद्को घोषणापत्रमा ‘शोषणरहित समाज’ खडा गर्ने लेखिएको थियो । त्यसको अर्थ पनि समाजवाद नै हो ।

पुँजीवादीहरू कम्युनिष्टको भेषमा कामदार जनता र संसारलाई धोका दिँदै सत्तामा पुगेका छन् ।

सोभियत संघको सफलता चुलीमा पुग्दासमेत खु्रश्चेभ संशोधनवादीहरू देखा परे । गोर्भाचोभ सत्तामा पुगे पछि समाजवाद र सोभियत कम्युनिष्ट पार्टी नै विघटन गरेर सोभियत संघलाई १५–१६ टुक्रामा विभाजित गरे ।

२५ वर्ष अगाडि नै मैले एमालेलाई ‘भाइ कांग्रेस’ भनेको थिएँ, सदनमा । यो मेरो गाली र विरोध होइन, विश्लेषण हो ।

भन्नलाई त इन्दिरा गान्धीले पनि ‘समाजवाद’ ल्याउने र ‘गरिवी हटाऊ’ भन्थे । हिटलरले पनि ‘राष्ट्रिय समाजवाद’ को नारा दिएकै हो । बी.पी.(विश्वेश्वरप्रसाद कोइराला)ले २०१५ सालको निर्वाचन घोषणा पत्रमा हाम्रो टाढाको उद्देश्य ‘समाजवाद’ भनेका थिए ।

नेपाल मजदुर किसान पार्टीले भन्ने समाजवादी व्यवस्थाका सूचक के–के हुन् ?

उत्पादनका ठूल–ठूला साधन र सेवाहरूको सामाजिकीकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, व्यक्तित्व विकासमा समान अवसर, निःशुल्क शिक्षा र स्वास्थ्य उपचारका नीति लागू गर्दै जाने, जमिन जोत्नेको नीति लागू गर्ने आदि । समाजवाद स्थापना गर्न पार्टी कार्यकर्ताहरूलाई व्यक्तिगत सम्पत्तिभन्दा सार्वजनिक सम्पत्तिलाई माया गर्ने, निःस्वार्थ रूपले देश र जनताको सेवा गर्नेबारे प्राथमिकता दिनुपर्नेमा नेकपाले उल्टो काम गरिरहेको यहा“ भनी साध्य छैन र तपाईहरू आफैँ जानकार हुनुहुन्छ ।

यहाँहरूले बोक्दै आउनुभएको विचार प्रयोगका दृष्टिले अनुपयुक्त छ भन्नेहरू पनि छन् नि ?

देश र समाजको स्तरअनुसार एक–एक गरेर कामदार वर्गको हितमा माथिका नीतिहरू व्यवहारमा लागू गर्दै जानु आवश्यक हुन्छ र नेपाल जस्तो कम जनसङ्ख्या र क्षेत्रफल भएको देश प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र क्युवाका उदाहरण र उपायहरूबारे नेपालको कम्युनिष्ट आन्दोलनले धेरै अध्ययन गर्नुपर्ने विषय छन् ।

नेपालकै सन्दर्भमा भन्दा भक्तपुरको लालकिल्ला पनि गत निर्वाचनबाट ढल्यो । यहाँहरूको विचार सबैभन्दा वैज्ञानिक हो भने फैलिनुको सट्टा किन खुम्चियो ?

भक्तपुर किसान आन्दोलनको थलो र राजनीतिक संघर्षको थलो हो । तर, हामीले भक्तपुरलाई कहिल्यै ‘लालकिल्ला’ नाम दिएका छैनौं, किनभने जिल्लामा गैर–कम्युनिष्टहरूको बहुमत छन् । पुं“जीवादी व्यवस्थामा निर्वाचन क्षेत्रलाई सरकारले हेरफेर गरेर निर्वाचन परिणामलाई तलमाथि गर्नेबारे हामीले बताउ“दै आएका छौं । अनेकौं देशका पुं“जीवादी सरकारहरूले मजदुरहरूको निर्वाचन क्षेत्रलाई हेरफर गरेर मजदुर प्रतिनिधि कम गर्ने जालसाझीबारे नेमकिपा अवगत छ । भक्तपुरको निर्वाचन क्षेत्र हेरफेर गरेकोमा वा साम्प्रदायिक भावना फैलाएकोमा, देश र विदेशी पैसा खर्च गरेकोमा र कर्मचारीहरूमार्फत अनेक अनियमितता गरी निर्वाचन परिणाममा प्रभाव पारेकोमा हामीलाई अलिकति पनि आश्चर्य लागेको छैन, किनभने हरेक पुं“जीवादी पार्टीले गरेजस्तै नेमकिपाको विरोधमा नेकपाले छलछाम गरेकोको हो । त्यसैले किन आश्चर्य मान्ने ? यसले नेकपाका नेता र कार्यकर्ताको राजनैतिक नैतिकताको आङ्कलन हुन्छ ।

यी सबै व्यवहारहरूले नै नेकपा ‘कम्युनिष्ट’ पार्टी होइन भन्ने सावित गर्छ । साथै, नेकपाले अत्यन्त ठूलो बहुमत ल्याए पनि समाजमा आमूल परिवर्तन गर्न सक्दैन भन्ने प्रष्ट छ । चुनावबाट समाजवाद आउ“छ भन्ने दृष्टिकोण नै संशोधनवादी भएकोमा सबै जानकार नै छन् ।

निर्वाचनमा दुईतिहाइ प्राप्त गर्दैमा कुनै पार्टी ‘कम्युनिष्ट’ हुने भए पहिले पञ्चायत र आज भारतको भारतीय जनता पार्टी पनि ‘कम्युनिष्ट’ पार्टी भनिने थिए । नेकपा (एमाले–माओवादी) आफूहरूलाई सबैभन्दा बलियो, मुख्यधार र वैज्ञानिक सम्झिनेहरू बारम्बार सरकारको नेतृत्व गरेर पनि सार्वजनिक उत्पादनका साधनहरू–उद्योगधन्दा र सेवाहरू निजीकरण किन गरे ? साथै, देशको उत्पादन किन घट्दो छ ? नेकपाका नेताहरू नै अनेक आर्थिक अनियमितताका जिम्मेवार हु“दा जनतामा झन ठूलो भ्रम बढ्यो । समाजवादको कुरो त एक दन्त्य कथा बन्यो । एनसेल र अनेक निर्माण कम्पनी र व्यापारीहरूबाट करोडौं होइन अरबौं–अरब रकम अपचलन गरेर नेका, राप्रपा र मधेसवादी दलहरूभन्दा नेकपा माथि उठ्न सकेन ?

वर्गीय समाजमा जात–जाति, भाषाभाषी, क्षेत्रीयता र धार्मिक भेदभाव एवम् पक्षपात भएको समाजमा योग्यताको कदर र न्याय हु“दैन । मुद्रामा जसरी ग्राम्सन्सको नियम लागू हुन्छ, त्यस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा पनि नक्कली कम्युनिष्टहरूले सक्कली कम्युनिष्टहरूलाई पछाडि धकेल्यो । यसकारण रोजा लक्जेम्वर्गले व्यङ्ग्य गर्नुभएको थियो – ‘संसारका मजदुर वर्ग एक होऊ, एक कम्युनिष्टले अर्को कम्युनिष्टको पिठ्युमा छुरा हान ∕’ नेकपाको चरित्र यही हो, यसका धेरै उदाहरण छन् । निर्वाचनबाट वैज्ञानिक समाजवाद स्थापना हुने भए आज भन्दा एक सय वर्ष अगाडि नै संसारमा वैज्ञानिक समाजवाद स्थापना भई सक्ने थियो । कम्युनिष्ट आन्दोलन समुन्द्रको छाल र ज्वारभाटाजस्तै कहिले उठ्ने र कहिले हट्ने गर्छ–त्यसका विविध कारणहरू हुन्छन् ।

नेपाल जस्तो कम जनसङ्ख्या र क्षेत्रफल भएको देश प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र क्युवाका उदाहरण र उपायहरूबारे नेपालको कम्युनिष्ट आन्दोलनले धेरै अध्ययन गर्नुपर्ने विषय छन् ।

नेकपाले अत्यन्त ठूलो बहुमत ल्याए पनि समाजमा आमूल परिवर्तन गर्न सक्दैन भन्ने प्रष्ट छ । चुनावबाट समाजवाद आउँछ भन्ने दृष्टिकोण नै संशोधनवादी भएकोमा सबै जानकार नै छन् ।

संसारभर भएका कम्युनिष्ट सत्ता ढले । कम्युनिष्ट पार्टी कि त दक्षिणपन्थीमा परिणत भए, कि त सकिए । किन यसो भयो ?

‘संसारभर भएका कम्युनिष्ट सत्ता ढले’ भन्ने दृष्टिकोण ‘भदौमा आ“खा फुटेको गोरुले सधैं हरियो देख्छ’ भन्ने नेपाली उखानजस्तै सोभियत संशोधनवादी र विश्वासघातीहरूको कारण पूर्वी युरोपमा समाजवादको अस्थायी हारलाई नै ‘सबै समाजवादी देश समाप्त भए’ र ‘इतिहासको अन्त भयो’ भन्ने खोटो विश्लेषणको शिकार नक्कली र विश्वासघाती कम्युनिष्टहरू भए । समाजवादी देशको उदाहरण प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र समाजवादी क्युवा नै पर्याप्त छैन र ?

सामाजिक जीवनमा पनि दृढता नभएका, काम गरेकोजस्तै मात्र गर्ने तर मनैदेखि काम नगर्ने, कम काम गरी धेरै उपलब्धि चाहने, आफ्नो मेहनतकोभन्दा अरुस“ग मागेर जीवन चलाउन खोज्ने, “गुणका वैरीहरू” ढलेका छन् र शत्रुलाई पनि मित्र सम्झने र क्रान्तिको परिस्थिति तयार भएर पनि क्रान्ति नगर्ने, सानो स्वार्थको निम्ति ठूलो स्वार्थ छोड्ने, अल्पकालीन हितको निम्ति दिर्घकालीन हित छोड्नेहरू, दक्षिणपन्थीहरू जिउ“दै मरेकोमा के आश्चर्य छ ?

नेपालकै सन्दर्भमा कुरा गर्दा, संविधानमा समाजवादउन्मुख लेखियो । संविधान बनेपछि वर्तमान सरकारले दुईवटा नीति तथा कार्यक्रम र बजेट ल्यायो । तिनमा समाजवादी लक्षण कत्तिको पाउनुभयो ?

संविधानमा ‘समाजवाद उन्मुख’ वाक्यांश त फ्रान्सेली क्रान्तिको बेला १० वर्षमा ४ वटा बनेका संविधानमा पनि थियो र भारतीय पुं“जीवादी संविधानमा पनि देखावाको रूपमा छ । श्रीलङ्काले एकपटक आफ्नो संविधानमा समाजवादी नै घोषणा ग¥यो । सम्झनु र बुझ्नुमा फरक छ तथा काम गरेर देखाउनुमा भिन्नता छ । २–४ पटक नै सरकारको नेतृत्व गर्ने नेकपाका नेताहरू नेकाकै पदचिन्हमा लागे । फरक खाली दलको नाम र नेताहरूको नाममा देखियो ।

यहाँहरूको पार्टी र यहाँहरूको पार्टीको नेतृत्वमा रहेको स्थानीय सरकारलाई केहीले उत्तर कोरियाली मोडल पनि भन्छन् । उत्तर कोरियाकै सिको गरिएको हो ?

नेमकिपाले कुनै सरकारको नेतृत्व गरेको छैन । सरकारले बनाइदिएको ऐन–कानुनभित्र बसेर काम गर्नु पर्ने नगरपालिका, गाउ“पालिका र जिल्ला समन्वय समिति आफ“ै सरकार हुने गर्दैन, जसरी कुनै सार्वजनिक विद्यालय, कलेज र कल–कारखाना आफ“ै सरकार हुने गर्दैन । जापानी सैन्यवाद र अमरिकी साम्राज्यवादस“ग झण्डै ७० वर्षसम्म सङ्घर्ष गर्ने प्रजग कोरियास“ग हाम्रो कुनै तुलना हुन सक्दैन । नेकपाका धेरै नेताहरू प्रजग कोरियाको भ्रमण गरिसकेका छन्, तिनीहरू त्यसबारे किन लेख्दैनन् ∕

नक्कल गर्न खोजेको होइन भने किन त्यसो भनियो होला ?

किनभने थाहा छैन । तर, हामी नेपाल मजदुर–किसान पार्टीले शुरुदेखि अमरिकी साम्राज्यवादको विरोधमा संघर्ष गर्ने प्रजग कोरिया, भियतनामी जनता, लावस र कम्बोडियाको संघर्षको समर्थन गर्दै आएको छ । त्यस्तै क्युवाली क्रान्ति र क्युवाली जनताको अमेरिकी साम्राज्यवाद विरोधी संघर्षलाई समर्थन गर्दै आएको छ । इराक, लिविया, सिरिया र भेनेजुयाली जनताको अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षलाई पनि समर्थन गर्दै आएका छौं । भदौमा आ“खा फुट्ने गोरुले किन के भन्छन् भन्ने कुरा तिनीहरूले नै बुझ्ने छन् ।

यहाँको नजरमा कम्युनिष्ट पार्टी बन्नलाई चाहिने कसी के हो ?

क्रान्तिकारी विचार नभई, भित्री हृदयदेखि निःस्वार्थ रूपले देश र जनताको सेवा गर्ने भावना नभएका मानिस कम्युनिष्ट बन्न सक्दैनन् । काठमाडौंमा जाने, घरजम गर्ने, चुनाव जितेर सरकारमा जाने भन्ने सानो स्वार्थ लिएर आएका ‘कम्युनिष्टहरू’ सत्तामा जालान् र धेरै गए, तर समाजमा मौलिक परिवर्तन ल्याएनन्, बरु पहिले दास मालिकहरूले गरे जस्तै ७० लाख युवाहरूलाई बहुराष्ट्रिय कम्पनीहरूको लागि सस्तो ज्यामी पठाउने नीति बनाए र पठाए । यो काम राणाहरूले बेलायती साम्राज्यवादको मुकुट चम्काउन नेपाली युवाहरू दिए जस्तै हो । नेकाकै पदचिन्हमा युवाहरू विदेश पठाइयो, रेमिट्यान्सको नाममा दलाली भाग लिएर ।

बल प्रयोगको सिद्धान्त, लेनिनवादी संगठनात्मक पद्दति, सर्वहारावर्गको अधिनायकत्वको प्रयोग अहिलेको परिवर्तित समाजमा सम्भव छ ?

प्रतिक्रियावादी वर्ग यदि हतियार लिएर कामदार वर्गलाई दबाउन आउ“दैन भने कामदार वर्गले किन हतियार उठाउ“छ ? शोषक वर्गले हतियार लिएर दबाउन आएमा जस्तालाई तस्तैको संघर्ष नगरी विजयको आशा गर्न सकिन्न । निर्वाचनबाट भारतको केरलामा बारम्बार कम्युनिष्टहरू विधानसभामा विजय प्राप्त गरे, तर बारम्बार राष्ट्रपति शासन लागू गरेर सबै नेताहरू र मन्त्रीहरूलाई थुने, मन्त्रीमण्डल र विधान सभा नै भड्ड गरे ।

स्वतन्त्रतापछि भारतमा कम्युनिष्ट पार्टी दोस्रो दल थियो । आजको भाजपा र हिजोको जनसङ्घको संसदमा तीन–चार सांसद मात्र थियो । तेलांगाना किसान आन्दोलनलाई नेहरू सरकारले दबाई सक्दा पनि भारतमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्दै थियो ।

संयुक्त राज्य अमेरिकी साम्राज्यवाद र अन्य प्रतिक्रियावादीहरूले बेलायती सर्भेयरले कोरेको “म्याक मोहान लाइन” नै भारतको सीमा बताई चीनस“ग सन् १९६२ मा सीमा भिडन्तमा पु¥याए । ‘राष्ट्रियता’ को नाममा भारतीय कम्युनिष्ट आन्दोलनलाई दबाउने मौका पाए । त्यसबेलाको कम्युनिष्ट नेतृत्वले समयमै सङ्घर्ष गरेको भए ‘राष्ट्रियता’ को दमनचक्र कमजोर हुने थियो । कम्युनिष्ट नेतृत्व डांगेको हातमा थियो, डांगेले नेहरूको नेतृत्वबाट समाजवादको आशा गर्थे र चीनस“ग लड्न नेहरूलाई समर्थन गरे । यसरी भारतीय कम्युनिष्ट आन्दोलन निस्तेज हु“दै गयो ।

क्रान्तिकारी विचार नभई, भित्री हृदयदेखि निःस्वार्थ रूपले देश र जनताको सेवा गर्ने भावना नभएका मानिस कम्युनिष्ट बन्न सक्दैनन् ।

कम्युनिष्ट नेतृत्व डांगेको हातमा थियो, डांगेले नेहरूको नेतृत्वबाट समाजवादको आशा गर्थे र चीनसँग लड्न नेहरूलाई समर्थन गरे । यसरी भारतीय कम्युनिष्ट आन्दोलन निस्तेज हुँदै गयो ।

काश्मीरको घटनाले भुटानपछि नेपालसमेत भुटानको स्थितिमा पु¥याउन यो सरकारले रातो कार्पेट नबिछ्याओस् भन्ने सचेत जनताको चिन्ता छ ∕

नेपाल कम्युनिष्ट आन्दोलनको अगाडि कठिन पर्खालहरू खडा छन्, त्यसको विरोधमा कष्टसाध्य सङ्घर्ष आवश्यक छ ।

माक्र्सवादको संश्लेषणको विश्व परिवेश, विज्ञान र प्रविधिको तत्कालीन अवस्था र अहिलेको विश्व परिवेश, विज्ञान–प्रविधिको आश्चर्यजनक विकासले कहीँ न कहीँ कम्युनिष्ट कार्यनीतिहरूको कार्यान्वयनमा चुनौती थपे थपेनन् वा नयाँ संश्लेषणको आवश्यकता देखिन्छ कि देखिँदैन ?

बदलि“दो विश्व परिवेश र विज्ञान र प्रविधिको विकासले कम्युनिष्ट आन्दोलनको कार्यनीतिमा चुनौती होइन अझ सहयोगी परिस्थितिको खोजी र उपायबारे चिन्ता गर्नु आवश्यक छ । स्वचालित यन्त्रहरूको कारण मजदुरहरूको शारीरिक काम धेरै सजिलो बनाएजस्तै ।

नेपालका आफूलाई कम्युनिष्ट पार्टी भन्नेहरूले उत्पीडित जनता, मजदुर र किसानका मुद्दा उठाउन छाडे । वर्गसमन्वयवादी भए भन्ने आरोप हो कि ठीक विश्लेषण ?

यो आरोप नेमकिपालाई लाग्दैन ।

अघिल्लोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यहाँको पार्टीले समर्थन गरेको थियो । तर, अहिले किन विरोध ?

भारतीय नाकाबन्दीको विरोधमा सङ्घर्ष गर्न नेमकिपाले सहयोग नगर्नु भारतको थिचोमिचोको समर्थन थियो । त्यसैले समर्थन ग¥यौँ । अहिले परिस्थिति बेग्लै छ ।

केही साताअघि नेकपा मुख्यालयबाट नेकपाका शीर्ष नेताहरूले यहाँको नामै लिएर एकताको आह्वान गरेका थिए । त्यसलाई कसरी लिनुभएको छ ?

यसबारे मलाई जानकारी छैन ।

राजनीतिक रूपले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संशोधनवादी, दक्षिणपन्थी भयो भन्नुहुन्छ । तर, त्यो शक्ति यतिबेला मुलुकको दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको छ ?

मैले अघि पनि भनेँ, पहिले पञ्चहरू राष्ट्रिय पञ्चायतमा धेरै थिए र आज भाजपा भारतीय संसदमा ठूलो सङ्ख्यामा छ, तर तिनीहरू कम्युनिष्ट होइनन् । साथै, कुनै पार्टीको सवलता र जनताको सेवा गरेको नापतौल संसदको सङ्ख्यामा होइन, जनताको सेवा र भावना तथा वर्गीय सङ्घर्षमा हेरिन्छ ।

क्रान्तिकारी शक्तिहरू खुम्चिँदै जानुमा संसारभर अहिले विद्यमान पुँजीवादी व्यवस्था र तिनका दबाबको कति भूमिका होला ?

ल्याटिन अमेरिकामा तुलनात्मक रूपले क्रान्तिकारीहरू र देशभक्तहरू खुम्चिंदै गएको विश्लेषण पूर्णरूपले असत्य छ । त्यस्तै, अफ्रिकामासमेत त्यो कुरा सत्य होइन । नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर गर्न नेकपाकै भूमिका छ । उसले नै अन्तरघात गरेको छ, संशोधनवादी बाटो लिएको छ र भारतीय ‘ट्रोजन हर्स’ बनेको छ ।

हाम्रो सन्दर्भमा अमेरिका, भारतलगायतका देशको भूमिका कस्तो देख्नुहुन्छ ?

संयुक्त राज्य अमेरिका साम्राज्यवाद– भारतीय विस्तारवादको गतिविधिले एसियामा तेस्रो विश्वयुद्धको सम्भावनालाई सहयोग पुग्ने निश्चय छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादकोे बीचमा मतभेद भए मात्रै त्यो सम्भावना टर्ने छ ।

अन्त्यमा, नेपाली कम्युनिष्ट आन्दोलन र मुलुककै चुनौती के–के हुन् ?

नेपालको कम्युनिष्ट आन्दोलनमा परिमार्जन नआएसम्म देशमा अहिले देखिएका विकृतिहरू वा चुनौती समाधान गर्न सक्ने छैन र काश्मीरको घटनाले भुटानपछि नेपालसमेत भुटानको स्थितिमा पु¥याउन यो सरकारले रातो कार्पेट नबिछ्याओस् भन्ने सचेत जनताको चिन्ता छ ∕ प्रचण्ड र परराष्ट्रमन्त्रीको आत्मसमर्पणवादी दृष्टिकोणले देशलाई जोगाउन सक्ने छैन ।

कम्युनिष्ट आन्दोलनको भविष्य भने कस्तो देख्नुहुन्छ ?

नेपाल कम्युनिष्ट आन्दोलनको अगाडि कठिन पर्खालहरू खडा छन्, त्यसको विरोधमा कष्टसाध्य सङ्घर्ष आवश्यक छ । नेपाल कम्युनिष्ट आन्दोलनलाई नक्कली कम्युनिष्टहरूबाट जोगाउने काममा लागि रहनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्