Logo
Logo

मुलुकी देवानी संहिताको मारमा गाईजात्रा


एमपी सुब्बा


एमपी सुब्बा

काठमाडौं । सरकारले ‘मुलुकी देवानी संहिता–२०७४’ लागू गरेयता हाँस्यकलाकारको दायरा साँघुरिएको हो ? यो प्रश्नको ठ्याक्कै जवाफ दिन कलाकार हिच्काउँछन् । तर, यो वर्ष विगतका वर्षहरुमा जस्तो गाईजात्रा महोत्सवको रौनक नदेख्दा लाग्छ, ‘मुलुकी संहिताले कलाकार पक्कै हच्किएका छन् ।’

यसरी सधैं राजनीतिक नेताहरुको ब्यंग्य गरेर चर्चासँगै मालामाल हुँदै आएका हाँस्य कलाकारहरु ‘मुलुकी देवानी संहिता’ले बाँधिएपछि ओझलमा त परे नै, धार्मिक एवं सांस्कृतिक परम्पराअनुसार मनाइँदै आएको गाईजात्रेसमेत ओझेल प¥यो । बरिष्ठ गायक तथा फिल्म निर्देशक राजन राई नयाँ मुलुकी संहिताले हाँस्य कलाकारको मात्र नभएर आमकलाकारको दायरा खुम्चिएको बताउँछन् । ‘सहिंताले आफू खुसी गर्न बन्देज गरेको छ’ उनले भने, ‘एक किसिमले अराजकता नियन्त्रण गर्न ठीकै हो । तर, नयाँ मुलुकी संहिताले गर्दा कलाकारहरु आफ्नो कला देखाउन डराउन थालेका छन् ।’

नयाँ मुलुकी संहिता लागू भएसँगै हाँस्यकलाकारहरु खुलेर नेताहरुको ब्यंग्य गर्न हच्किएका छन् भने गायक÷गायिकाले प्यारोडी गाउन छाडेका छन् । हरेक वर्ष प्यारोडी गाउने कलाकारले यस वर्ष प्यारोडी गाएनन् । कारण ‘मुलुकी संहिता’ नै हो ।

सरकारले गत वर्षको १ भदौदेखि लागू गरेको ‘मुलुकी देवानी संहिता’ले व्यक्तिगत तथा गोपनियताको हक सुरक्षित गरेपछि कलाकारले नेताहरुको विरुद्ध खुलेर व्यंग्य गर्न डराएका हुन् । जसको पहिलो असर ‘गाईजात्रा कार्यक्रम’लाई प¥यो । पञ्चायतकालदेखि ‘गाईजात्रे कार्यक्रम’ गरेर नेताहरुलाई व्यंग्य गर्दै आएका हाँस्य कलाकारले यसपटक हाँस्यब्यंग्य गरेनन् । केही गाईजात्रे कार्यक्रम भए, तर उनीहरु नेताहरुको व्यक्तिगत व्यंग्य खुलेर गर्न डराए । बरु उनीहरुले अभिनेता र अभिनेत्रीहरुको ब्यंग्य गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यसरी सधैं राजनीतिक नेताहरुको ब्यंग्य गरेर चर्चासँगै मालामाल हुँदै आएका हाँस्य कलाकारहरु ‘मुलुकी देवानी संहिता’ले बाँधिएपछि ओझलमा त परे नै, धार्मिक एवं सांस्कृतिक परम्पराअनुसार मनाइँदै आएको गाईजात्रेसमेत ओझेल प¥यो । बरिष्ठ गायक तथा फिल्म निर्देशक राजन राई नयाँ मुलुकी संहिताले हाँस्य कलाकारको मात्र नभएर आमकलाकारको दायरा खुम्चिएको बताउँछन् । ‘सहिंताले आफू खुसी गर्न बन्देज गरेको छ’ उनले भने, ‘एक किसिमले अराजकता नियन्त्रण गर्न ठीकै हो । तर, नयाँ मुलुकी संहिताले गर्दा कलाकारहरु आफ्नो कला देखाउन डराउन थालेका छन् ।’

हरेक वर्षजस्तो गाईजात्राका अवसरमा विकृति–विसंगति तथा नेताहरुलाई ब्यंग्य गर्दै प्यारोडी गाउने कलाकार शैलेन्द्र सिम्खडाले यस वर्ष प्यारोडी गाएनन्, न त बरिष्ठ हाँस्य कलाकार मनोज गजुलेरले तिखो ब्यंग्य गरे । कारण मुलुकी संहिता नै हो । तर, उनीहरु मुलुकी संहितालाई दोष दिन डराउँछन् । कसैको ब्यंग्य गर्नु वा क्यारिकेचर गर्नुलाई समेत संहितामा व्यक्तिगत गोपनीयताको अतिक्रमण मानिने उल्लेख छ ।

एक बरिष्ठ हाँस्यकलाकारले त मुलुकी देवानी संहिताबारे प्रतिक्रिया दिनसमेत अस्विकार गरे । उनले ठट्यौली पारामै भने, ‘मेरो नामचाहिँ नलेख्नुहोला, यहाँ मुलुकी संहिताको कुरा गर्दा पनि डर लाग्छ । कतै संहिताकै अतिक्रमण गरेको पो मानिने हो कि ।’ उनले यो वर्ष गाईजात्रे कार्यक्रमप्रति कलाकारको उत्साह नजाग्नुमा मुलुकी संहितामात्र कारण नभएको बताउँदै भने, ‘एक कारण त मुलुकी संहित पनि हो । तर, त्यसबाहेक अरु कारण भनेको यहाँ नेपाली जनताको ओठमा हाँसो नै छैन । जबरर्जस्त हँसाउन खोज्ने हाँस्यकलाकार साथीहरु पनि हच्किएपछि गाईजात्रे कार्यक्रम नभएको हुनसक्छ ।’ उनले आगामी वर्षहरुमा गाईजात्रे कार्यक्रममात्र नभएर पत्रपत्रिकाहरुमा ब्यंग्यात्मक कार्टुनसमेत छापिन छाड्ने दावी गरे ।

हुन पनि यस वर्ष पत्रिकाले गाईजात्रा विशेषांक खाशै निकालेनन् । केही पत्रिकाले निरन्तरता दिन त खाजे तर, ती पत्रिकाका सम्पादकले स्पष्टिकरण नै दिनुपरेको थियो । कान्तिपुर पब्लिकेशनको ‘साप्ताहिक’ले गाईजात्रे विशेषांक निकालेको थियो । जसका कारण साप्ताहिकका सम्पादक सुवास ढकाललगायतले महानगरिय प्रहरी परिसरमा स्पष्टिकरण दिनुपरेको थियो । तर, साप्ताहिकले आफ्नो गाईजात्रे विशेषांकमा विगतका वर्षहरुमा जस्तो मन्त्री तथा नेताहरुको तिखो ब्यंग्य खाशै गरेको थिएन । बरु फिल्मका हिरोइन र रंगपत्रकारहरुलाई ब्यंग्य गरिएको थियो ।

त्यस्तै, वषौँदेखि कामना प्रकाशनले गाईजात्राका अवसरमा ‘गाईजात्रे विशेषांक’ प्रकाशन गर्दै आएको थियो । तर, यसपटक कामनाले पनि निरन्तरता दिने प्रयास मात्र गरेको थियो । पत्रिकामा नेता र मन्त्रीका भन्दा बढी अभिनेता र अभिनेत्रीको कार्टुन प्रकाशित गरेर गाईजात्रे विशेषांकलाई कामनाले निरन्तरता दिएको हो । यसका कारण पनि मुलुकी संहिता नै हो । तर, बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले भने मुलुकी संहिताले हाँस्यब्यंग्य गर्न रोक नलगाएको आफ्नो धारणा राख्दै आएका छन् । उनले संहिता लागू भएकै बेला आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेख्दै भनेका थिए, ‘हाँस्यव्यंग्यलाई नियन्त्रण गर्न यो कानुन ल्याइएको होइनजस्तो लाग्छ । तर, यदि शासकलाई चित्त बुझेन र उनीहरूको हातमा प¥यो भने यो कानुनको दफा प्रयोग गरेर नियन्त्रण गर्न सक्ने खतरा छ । हामी त्यो खतरालाई चिर्न सक्छौँ । हामी कहिल्यै पनि कर्मबाट पछाडि हटेका छैनौँं ।’

‘मुलुकी देवानी संहिता–२०७४’को परिच्छेद–३ मा नागरिक अधिकारसम्बन्धी व्यवस्थाको उपदाफा (२१) मा लेखिएको छ । (१) कानून बमोजिम बाहेक कसैले सम्बन्धित व्यक्तिको मञ्जुरी नलिई देहायका कुनै काम कुरा गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिनेछ । (क) कुनै व्यक्तिको बासस्थानमा प्रवेश गरेमा, (ख) कसैको चिठ्ठीपत्र खोलेमा वा त्यसको प्रयोग गरेमा, टेलिफोन वा अन्य प्रविधिको माध्यमबाट भएको कुराकानी, बोली, ध्वनिको टेप वा रेकर्ड गरेमा वा सुनेमा, (ग) कुनै व्यक्तिको निजी जीवनको व्यवहार, आचरणको चियो चर्चा, प्रकाशन, प्रशारण वा प्रचार गरेमा, (घ) कसैको आकृति वा तस्वीर खिचेमा र (ङ) अरूको नाम, आकृति, तस्वीर वा आवाजको नक्कल गरी सार्वजनिक गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने उल्लेख भएकाले हास्यव्यंग्य कलाकारहरु हच्किएका हुन् । तर उपदफा (१)को खण्ड (घ) वा (ङ)मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले साहित्यिक वा कलात्मक प्रयोजन वा सार्वजनिक हितका लागि ती खण्डहरूमा लेखिएको कुनै काम गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने छैन भन्ने उल्लेख छ । यी दफाहरूका कारण हाँस्यकलाकार पछि परेका हुन् ।

सरकारले मुलुकी देवानी संहिता ल्याउने तयारी गरिरहँदा हाँस्य कलाकारले मात्र नभएर पत्रकारले समेत विरोध जनाएका थिए । विशेषगरी परिच्छेद ३ को उपदफा २१ मा उल्लेख गरिएको विषयलाई लिएर विरोध गरिएको थियो । हाँस्यकलाकारहरुले त डेलिगेसनमा समेत जाने बताएका थिए । तर, उनीहरु न त डेलिगशन गए, न त अहिले उनीहरुले विरोध नै गर्न सकेका छैनन् । उनीहरु मुलुकी संहिताको विषयमा समेत बोल्न डराउँछन् । मुलुकी संहिताको विषयमा कुरा गर्न खोजिएकामध्ये अधिकांश कलाकारले प्रतिक्रिया दिन मानेनन् ।

‘अब विरोध गरेर पनि केही हुने होइन’ एक कलाकारले भने, ‘सरकारले लागू गरिसकेको कानुनमा हामी जस्ता कलाकार बोलेर केही हुनेवाला छैन । बरु यो विषयमा बोल्दै नबोलौँ ।’ हुन त मुलुकी संहिताले हाँस्य कलाकारलाई जति खुम्चाएको छ, त्यति नै पत्रकारिता जगतलाई पनि प्रतिगमन गराउन खोजिएको छ । मुलुकी अपराध (संहिता) ऐनको दफा ४९ (४) मा ‘वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वैष वा अवहलेना उत्पन्न हुने कुनै कामकारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षडयन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्पद्राय बीचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन’ भनिएको छ । यसो गरे ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । दफा ५० (३) मा भनिएको छ– सरकारको कामकारबाहीका सम्बन्धमा कसैले लेखेर, वचनले, आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाई सरकारप्रति घृणा, द्वैष वा अवहेलना गर्न वा गराउन वा त्यस्तो उद्योग गर्न–गराउन हँुदैन । तर यस उपदफामा लेखिएको कुनै कुराले सरकारको स्वस्थ र मर्यादित आलोचना गरेकोलाई कसुर गरेको मानिने छैन ।

दफा ५० (३) बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । दफा ६५ (१) मा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्णर्, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरू बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हँुदैन भनिएको छ । यसो गरे एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्