Logo
Logo

गगन थापाभन्दा आफू पहिला प्रधानमन्त्री हुनुपर्ने किशोर राठौरको दाबी


15.4k
Shares

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित किशोर सिंह राठौर प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् । 

नेपालगञ्जमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै आफू पनि प्रधानमन्त्रीको लागि सक्षम र तयार रहेको उनले बताएका हुन् । उनले कांग्रेस महामन्त्री गगनकुमार थापालाई पाँच वर्षपछि प्रधानमन्त्रीको दाबी गर्न सुझाव पनि दिए । पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागि मत दिएको बिर्सन नहुने बताउँदै प्रधानमन्त्रीको दाबी पाँच वर्षपछि गर्न सुझाए ।

प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले देशमा चलिरहेको सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति प्रक्रियासँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरूबीच सहकार्यको ऐतिहासिकताको महत्व स्मरण गर्नुपर्ने बताए ।

०४६ सालको जनआन्दोलनमा भएको सहकार्यलाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्