Logo
Logo

माया लुहार हत्या प्रकरण- सशस्त्रका जवान पक्राउ



काठमाडौं । बैतडीमा केही दिन अघि एक युवतीको घाटी रेटी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका हुन् ।

कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । हत्या आरोप लागेका शिवनाथ गाउँपालिका- ४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए । कोलीलाई पक्राउ गर्न केन्द्रबाट समेत सीआईबीको टोली खटिएको थियो ।

मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्