दोलखा । दोलखामा आइतबार बिहानदेदि एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता लिइरहेको अवस्थामा पछिल्लो मतगणनामा पुनः माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् ।

माओवादीका कार्की २२ हजार ८१६ मतसहित अघि लागेका छन् । एमालेका शिवाकोटी २२ हजार ४११ मतसहित पछि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले २ हजार ६९१ मत ल्याएका छन् ।














