Logo
Logo

हारेपछि उपेन्द्रले भने- एमालेसँगको तालमेल निर्वाचनसँगै सकियो



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनावी तालमेलका लागि गरिएको सहकार्य निर्वाचनपछि सकिएको टिप्पणी गरेका छन् । यादवले तत्कालीन हिसावले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको टिप्पणी गरेका हुन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले तत्कालका लागि केही सिटमा तालमेल गरेका हौं । हाम्रो मोर्चाबन्दी र तालमेल होइन । हामीले केही सिटमा सहयोग गर्यौं, उहाँहरूले केहीमा गर्नुभयो । त्यो चुनावसँगै सकियो । अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

आफ्नो पार्टी निर्णायक नभएको र अब आफूहरूले उठाउँदै आएको मुद्दामा केन्द्रित हुन जनताले म्यान्डेट दिएको यादवले बताए । ‘हाम्रो पार्टी निर्णायक होइन । चुनावबाट काँग्रेस र एमालेलाई निर्णायक बनायो’, यादवले भने, ‘हाम्रो पार्टी भनेको यो चुनाव पछि एउटा मुद्दामा राष्ट्रिय सवालमा हामीले जुन विगतदेखि उठाइरहेका छौं । त्यो उठाउने जनादेश आयो ।’

नेता यादव सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसंग पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्