Logo
Logo

दोलखामा माओवादीका कार्की ११४ मतले अगाडि



काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रगा कायमै छ ।

सोमबार बिहान साँडे ६ बजे सम्मको मतपरिणाम अनुसार काकीले ३३ हजार ७०७ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ११४ मतान्तरले पछ्याइरहेका छन् । शिवाकोटी ३३ हजार ५९३ मत पाएका छन्

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ५०४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजय खड्काले ६११ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्