Logo
Logo

प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना



काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न योग्य भएका छन् । निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार प्रतिनिधिसभामा १३ दलसहित ५ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

निर्वाचन आयोगको अनुसार प्रत्यक्षतर्फ ५७ सिट जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ । यसअघि प्रतिनिधिसभाा पहिलो दल रहेको एमाले ४४ सिट सहित दोस्रो स्थानमा रहेको छ ।

उता अघिल्लो पटक ३६ सिटमा विजय हासिल गरेको माओवादी केन्द्र यस पटक १८ सिटमा सीमित भएर तेस्रो स्थानमा रहेको छ । माओवादी यसअघि पनि तेस्रो स्थानमा थियो । एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले १० सिटमा विजय हासिल गरेर चौंथो स्थानमा छ । यो पार्टी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उठेको हो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) र पहिलो पटक निर्वाचन प्रक्रियामा सामेल भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ स्थानमा विजय हासिल गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी चार सिटमा खुम्चिएको छ ।

पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बनाएको रेशमलाल चौधरी आवद्ध नागरिक लोकतान्त्रिक पार्टीले सुदूरपश्चिम प्रदेशबाट तीन सिटमा विजय हासिल गर्दा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १–१ स्थानमा विजयी भएका छन् ।

विगतमा माओवादी केन्द्रबाट विजय हासिल गर्दै आएका प्रभु साहले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार भई रहँदा मुलुकभर पाँच जनाले स्वतन्त्रबाट विजयी हासिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्