Logo
Logo

छ पटक शिखर चुम्न सफल नेपाल इन्भेष्टमेन्ट बैंक



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक ‘बैंक अफ द इयर २०२२’बाट सम्मानित भएर सबैभन्दा बढी ‘बैंक अफ द इयर’बाट पुरस्कृत र सम्मानित हुने नेपालको उत्कृष्ट बैंक बनेको छ । एनआइबिएल यस पुरस्कारबाट सन् २००३, २००५, २००८, २०१०, २०१६ र अहिले सन् २०२२ मा सम्मानित भएको हो ।

बेलायतको फाइनान्सियल टाइम्सद्वारा स्थापित ‘बैंक अफ द इयर २०२२’ पुरस्कार गत साता बिहीबार बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाँडेले लण्डनमा आयोजित विशेष समारोहबीच ग्रहण गर्नुभयो ।

बैंक अफ दि इयर २०२२ बाट एनआइविएल सम्मानित हुनुको प्रमुख कारण ‘सिएसआर’ सामाजिक उत्तरदायित्वलाई जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नु हो । बैंकले सिएसआर विपन्न वर्गको आय आर्जन वृद्धि गर्न गत आवमा ५ करोड ७३ लाख २७ हजार २८ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा उपचारको लागि विभिन्न संघ संस्था, महानगरपालिका, नगरपालिका, गाउँपालिकाका साथै कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षाको लागि मास्क, स्यानिटाइजर, पिपिइलगायतका आवश्यक सुरक्षा साधनका वितरण गर्न बैंकले करिब रु एक करोड ४४ लाख रकम खर्च गरेको छ ।

यस बैंकले मेगा बैंकसँग ‘मर्जर’ सम्झौता गरेको छ । आगामी पुस ७ गते हुने बैंकको ३६औँ साधारणसभाले ‘मर्जर’ प्रस्ताव अनुमोदन गरेपछि यस बैैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुनेछ । मर्जरपछि बैंकको कूल पूँजी ५६ अर्ब पुग्ने छ भने डिपोजिट ३ खर्ब ६० अर्ब पुग्ने बैंकले जनाएको छ ।

बैंकले काठमाडौंको छत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयलाई अक्सिजन प्लान्ट स्थापना गर्न रु २५ लाख रकम प्रदान गरेको छ । त्यसैगरी बैंकले नेपाल उद्योग परिसंघलाई अक्सिजन प्लान्ट निर्माणार्थ रु. ३० लाख रकम सहयोग प्रदान गरेको छ ।

त्यसैगरी, बैंकले गत वर्ष पनि राष्ट्रिय सम्पदाको संरक्षण कार्यलाई निरन्तरता दिएको छ । बैंकले पाटनस्थित भीमसेन मन्दिर पुनःनिर्माणका लागि यस आवमा रु. ५० लाख प्रदान गरेको छ । त्यसैगरी सांस्कृतिक क्षेत्रमा सहयोग गर्ने आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटनमा अवस्थित भाइदेगः मन्दिर पुनःनिर्माणका लागि रु. २५ लाख प्रदान गरेको छ ।

बैंकले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी संग्रहालय विकासका लागि रु. ३० लाख प्रदान गरेको छ । उक्त मद्दतले विश्व सम्पदा सूचीमा रहेको उक्त स्थानको साख कायम रहनुका साथै पर्यटकलाई थप आकर्षित गर्न मद्दत पुगी यस कार्यबाट पर्यटन उद्योगमा समेत टेवा पुगेको बैंकले जनाएको छ ।

बैंकले गत वर्षझैं यस आवमा पनि पशुपति क्षेत्रको सरसफाइ अभियानका लागि रु. ६६ लाख रकम प्रदान गरेको छ । जसका कारण लाखौं भक्तजनले पाइला टेक्ने पशुपति मन्दिर स्वच्छ र सफा भएको छ ।

त्यसैगरी, बैंकले स–साना बालबालिकालाई ज्ञान प्रदान गर्न कमिक किताब प्रकाशित गरेको छ । जसको लागि रु. ५ लाखभन्दा बढी खर्च गरेको छ । साथै बेंकले शैक्षिक क्षेत्रको विकासका लागि विभिन्न संघ संस्थालाई अनुदान रकम प्रदान गरेको छ । सो अन्तर्गत टिच फर नेपाललाई रु. ५ लाख प्रदान गरेको छ भने नेपाल सेक्रेटरियट अफ स्किल एण्ड ट्रेनिङ (एनएसएसटी) लाई रु. ५० लाख प्रदान गरेको छ ।

त्यसैगरी बैंकले खेलकुद विकासका लागि बाह्रखरी मिडियाद्वारा आयोजना गरिएको गल्फ प्रतियोगितालाई र गृश्मा ब्रोडकास्टिङ मिडियाद्वारा आयोजना गरिएको क्रिकेट प्रतियोगितालाई क्रमशः रु११.३० लाख र रु. ५ लाख प्रदान गरेको छ । यसका साथै खोप्लाङ्ग युथ क्लबलाई रु. १० लाख प्रदान गरेको छ ।

देशको प्रमुख रक्षक संस्था नेपाली सेनाका वहालावाल तथा सेवा निबृत्त सदस्यहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले निजहरुको सीप विकासका लागि सीपमूलक तालिमलगायतका कार्यक्रमहरुलाई आर्थिक सहायतास्वरुप रु. १८ लाख रकम उपलब्ध गराएर पनि आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रयास गरेको छ ।

साथै, समाजमा रहेका फरक किसिमले सक्षम मनस्थितिका व्यक्तिहरुको पक्षमा सकारात्मक धारणाको विकास गर्ने र उनीहरुमा अन्तरनिहीत सीप र दक्षता प्रस्फुटन हुने वातावरण सिर्जना गर्न आर्थिक सहयोग पु¥याएको छ ।

एनआइविएल स्थापनाकालदेखि नै नेपालको उत्कृष्ट बैंक भएकोले साना, ठूला सबै उद्यमीका लागि पहिलो रोजाइको बैंक बन्न पुगेको छ । यस बैंकको पूँजी ३३ अर्ब छ भने डिपोजिट १ खर्ब ८६ अर्ब रहेको बैंक स्रोतले बताएको छ । बैंकले गत आवमा १ खर्ब ६४ अर्ब लगानी गरेको छ । ३५ सयभन्दा बढी कर्मचारी रहेको यस बैंकमा करिब ४० प्रतिशत महिला कर्मचारी आवद्ध छन् ।

यस बैंकले मेगा बैंकसँग ‘मर्जर’ सम्झौता गरेको छ । आगामी पुस ७ गते हुने बैंकको ३६औँ साधारणसभाले ‘मर्जर’ प्रस्ताव अनुमोदन गरेपछि यस बैैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुनेछ । मर्जरपछि बैंकको कूल पूँजी ५६ अर्ब पुग्ने छ भने डिपोजिट ३ खर्ब ६० अर्ब पुग्ने बैंकले जनाएको छ ।

मेगा बैंकसँग ‘मर्जर’पछि बैंकको तीन सय शाखा, २ सय ७९ एटिएम पुग्ने बैंकले बताएको छ । नेपाल पूर्वाधार विकास, जलस्रोत, कृषि र पर्यटन क्षेत्रको विकासमा बैंकले महत्वपूर्ण योगदान पु¥याएको छ ।

पछिल्लो समय बैंकले नेपाली सेनासँगको सहकार्यमा भूतपूर्व नेपाली सेनालाई कृषिसँग जोडेर उत्पादनमा जोड दिएको छ । जसबाट भूपू सेनाका परिवार लाभान्वित मात्र भएका छैनन्, जसले उत्पादनमा समेत वृद्धि गरेको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्