Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

निर्वाचनपछि गठबन्धनको पहिलो बैठकदेखि नेपाल र भारतका नागरिकबीच झडपसम्म



१. अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय, आमनिर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने सन्देश दिएको भनाइ, आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता ।


२. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक, प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल, नेकपा एमाले ४४, नेकपा माओवादी केन्द्र १८, नेकपा (एकीकृत समाजवादी) १०, जसपा, राप्रपा, रास्वपा सात/सात, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एक÷एक स्थानमा विजयी, पाँच स्वतन्त्र उम्मेदवार विजयी ।


३. नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा, ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते, झडपबारे दुई देशका अधिकारीबीच छलफल, भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल ।


४. आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग सुकुम्बासीको आग्रह, आज माइतीघरदेखि नयाँबानेश्वरसम्म पदयात्रा गरी आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह, वैकल्पिक व्यवस्था बिना गरिएको उठिबास सह्य नहुने चेतावनी, वैकल्पिक बसोबास बिनाको उठिबास नागरिक अधिकारमाथिको हनन भएको भनाइ ।


५. नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता, ललितपुरको खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल, पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनलाई निरन्तरता दिने जोड ।


६. मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठलगायत नेताहरूसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफू उक्त पार्टीमा प्रवेश गरको मनाङेद्वारा जानकारी, उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार एकीकृत समाजवादी पार्टीमा भएको उल्लेख ।


७. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उक्त जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै निर्वाचन आयोगका उजुरी, नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’द्वारा आयोगमा उजुरी दर्ता, रवि विदेशी नागरिक वा नेपाली नागरिक नभएको गैरनेपाली नागरिकले उम्मेद्वार हुन, मतदान गर्न र राजनीतिक दल खोल्न कानुनले प्रतिबन्ध लगाएको दाबी ।


८. आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट, परिसूचक २४ दशमलव ४६ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ अंकमा कायम, दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार दुई सय ८६ कित्ता शेयर २६ हजार चार सय ७५ पटक खरिदबिक्री, एक अर्ब ६७ करोड चार लाख ५५ हजार बराबरको कारोबार ।


९. लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको च्याम्पियन, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेश ६ विकेटले पराजित, लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरले २१ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।


१०. बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति, उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालदवार जानकारी, पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश, अन्तरराष्ट्रिय समुदाय र परोपकारीहरुलाई बाढीपीडितलाई सहयोग जारी राख्न आग्रह ।

प्रतिक्रिया दिनुहोस्