Logo
Logo

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५७ पैसा र बिक्री दर १३१ रुपैयाँ १७ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १३७ रुपैयाँ ८७ पैसा र बिक्री दर १३८ रुपैयाँ ५० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ४१ पैसा र बिक्री दर १६१ रुपैयाँ १५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्