Logo
Logo

सिके राउतले भेटे राष्ट्रपति


2.1k
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

उनले उक्त भेटमा राष्ट्रपतिसँग शिष्टाचार भेटघाट तथा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको बताएका छन् ।

सप्तरी-२ बाट पहिलो पटक निर्वाचन जितेका राउतले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्