Logo
Logo

रुपन्देही-२ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट



बुटवल । रुपन्देही निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले एमालेका विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै उक्त परिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी गणेशले रिट निवेदन दायर गरेका हुन् ।

उनी एमालेका पौडेलसंग १ हजार ३ सय ६६ मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्