Logo
Logo

सात पार्टी बने राष्ट्रिय दल



काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकको पनि मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार सात दल राष्ट्रिय दल बनेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रि स्वतन्त्र पार्टी, रष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ ।

राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेपनि समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत कटाउन सकेन । उसले समानुपातिकतर्फ दुई दशमलब ८२ प्रतिशत मात्रै मत ल्याएको छ ।

थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८०२ मत आवश्यक पर्छ । एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । उसको लागि राष्ट्रिय दल बन्नका १८ हजार ४११ मत अपुग देखिन्छ ।

समानुपातिकतर्फ निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । समानुपातिकतर्फ एमालेले २८ लाख ४५ हजार ६४१ मत एमालेले पाएको आयोगले जनाएको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ६५५मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्