Logo
Logo

समानुपातिकमा एमाले पहिलो दल



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ ।

यो पटक समानुपातिकमा नेकपा एमालेले पहिलो दल बनेको छ । कुल एक करोड ५ लाख ६० हजार ६७ सदर मतमध्ये एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । एमालेले प्रतक्षमा भने ४४ सिट जितेको छ ।

एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । एमालेसंगै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रि स्वतन्त्र पार्टी, रष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्