Logo
Logo

कालोपत्रे नगरिएको भन्दै थली-साँखु सडकखण्ड बन्द


1k
Shares

काठमाडौं । नगर पिच नगरिएको भन्दै काठमाडौंको थलीवासीले सडकमा उत्रिएका छन् । उनीहरुले आज बिहानैदेखि थली–साँखु सडकखण्ड बन्द गराएका छन् ।

आज ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ ।
थली–साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले सडक बन्द गरिएको जनाइएको छ ।

यसअघि पनि थलीका व्यवसायी र स्थानीयले सडक बन्द गरेर कालोपत्र गर्न माग गर्दै आएका छन् । तर, उनीहरुको माग अझैसम्म पूरा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्