Logo
Logo

सरकारको प्रवक्ता बने विष्णु पौडेल


4.9k
Shares

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उनले उक्त प्रस्ताव अस्वीकार गरेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यद्यपी मन्त्रिपरिषद् बिस्तार नहुञ्जेलका लागि मात्रै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्