
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको बजार भाउ अनुसार आज मंगलबार छापवाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।












