Logo
Logo

नेतृत्वको बदख्वाइँ गर्न बन्द गरौं : माधव नेपाल


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटी बाहिर नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न निर्देशन दिएका छन् ।

मंगलबार पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् । ‘जे जे लागेको छ, कमिटीमै राखौं’, उनले भने, ‘फेसबुकमा लेखेर आफूलाई लागेको कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ ।’

अध्यक्ष नेपालले अरुको प्रशंसा गर्ने र आफ्नै नेतृत्वको बदख्वाइँ गर्ने काम बन्द गर्न समेत निर्देशन दिएका छन् । ‘हामीले अनुशासन तोड्ने अनि हाम्रै स्वर ठूलो हुने,  पार्टीको बदख्वाइँ बाहिर गर्ने अनि अनि हाम्रै स्वर ठूलो हुने, आफ्नो नेताको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने अनि आफ्नै स्वर ठूलो हुने । यो तरिका बन्द गरौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्