Logo
Logo

बुर्किना फासोमा २८ जनाको शव भेटियो



एजेन्सी । बुर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको छ ।

एक नागरिक समाज समूहले फेला परेका शव जिहादीविरुद्ध लडिरहेको सरकार समर्थित स्वयंसेवी बलका सदस्य भएको त्यहाँे सरकारले दावी गरेको छ ।

हत्याको घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ । बुर्किना फासो एक दशक लामो विद्रोहको चपेटामा परेको छ, जसका कारण झण्डै २० लाख मानिसहरू विस्थापित भएका छन् । सेनाले गत जनवरीमा बुर्किना फासोमा आक्रमणको अन्त्य गर्ने वाचा गर्दै सत्ता कब्जा गरेको थियो, तर हिंसा अझै चर्किरहेको छ ।

सरकारले ३० र ३१ डिसेम्बरमा शवहरू फेला पारेको बताएको छ । उसले ‘अस्वीकार्य हिंसा’ को निन्दा गरेको छ र शान्त हुन आह्वान गरेको छ । ’अनुसन्धानको नतिजा आउन बाँकी छ ।

सरकारले आतंकवाद विरुद्धको लडाईमा एकताबद्ध कार्यका लागि सम्पूर्ण जनतालाई परिचालन गर्न थालेको समयमा यो घटना भएको हो’, सरकारद्वारा जारी विज्ञप्तिमा थपिएको छ।

प्रतिक्रिया दिनुहोस्