Logo
Logo

नोर्मा मेक्सिकोकाे पहिलो महिला प्रधानन्यायाधीश



काठमाडौं । मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ ।

मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव रहेकी नोर्माले चार उम्मेदवारहरूलाई पछि पार्दै सो परिणाम निकालेकी हुन्।

विजयपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छन्। हर्नान्डेजलाई सन् २०१५ को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनीत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्