Logo
Logo

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै


630
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ ।

प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको भातृ शुभेच्छुक संस्थाको गठन तथा विस्तार, पार्टीको विभाग गठन, सत्ता गुमेपछि प्रतिपक्षी भूमिकाका विषयमा पार्टीको धारणा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस माओवादीले कित्ता परिवर्तन गरेपछि प्रतिपक्षमा बस्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्