Logo
Logo

माेबाइलको गैरकानुनी प्रयोगले ८९ जना रुसी सेना मारिएको दावी



एजेन्सी । मोबाइल फोनको अवैध प्रयोगले ८९ जना सेनिक मारिएको रुसले दावी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले बुधबार घातक युक्रेनी मिसाइल आक्रमणको दोष मोबाइल फोनको गैरकानूनी प्रयोग भएको बताएको हो । युक्रेनी पक्षबाट भएको उक्त हमलामा ८९ रुसी सेनाको ज्यान गएको थियो ।

मस्कोले यसअघि सप्ताहन्तमा भएको आक्रमणमा ६३ रुसी सैनिक मारिएको बताएको थियो । आक्रमणको मुख्य कारण स्पष्ट रूपमा सेवाकर्मीहरूले मोबाइल फोनको अवैध सामूहिक प्रयोग गरेको मन्त्रालयले जनाएको छ ।

यद्यपी यस घटनाबारे आधिकारिक अनुसन्धान सुरु गरिएको बताइएको छ । केही रुसी अधिकारीहरु र युक्रेन हमलाको विरोध गर्ने रुसीले उक्त हमलामा मृत्यु हुनेको संख्या १०० पुगेको हुन सक्ने बताएका छन् । उक्त हमला पुटिनका सेनाका लागि अर्को झड्का थियो ।

प्रतिक्रिया दिनुहोस्