Logo
Logo

एकीकृत समाजवादीका सांसदलाई युवा संघले सम्मान गर्ने


819
Shares

काठमाडौं । एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन् ।

बुधबार ललितपुरको हिमालय होटलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सम्मान गर्न लागेका हुन् । कार्यक्रमको आयोजना एकीकृत समाजवादी निकट युवा संघले गर्न लागेको हो ।

एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन ।

आजको कार्यक्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजानेबारे महत्वपूर्ण जानकारी गराउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्