Logo
Logo

निर्देशक पाण्डेको ‘को-हजबेण्ड’ लन्डन माउन्टेन फिल्म फेस्टिभलमा छनाेट



काठमाडौं । बहुपति प्रथामा निर्मााण भएको वृतचित्र ‘को-हजबेण्ड’ बेलायतको लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि छनौट भएको छ ।

२०२३ भित्र आयोजना हुने लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि ‘को–हजबेन्ड’ छनौट भएको हाे । यसबारे निर्देशक गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यस अगाडि भारत, अमेरिका लगायत धेरै देशका विभिन्न फेस्टिभलमा फिल्मले अवार्ड जितेको थियो । ३५ मिनेटको यो फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको छ ।

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका हुम्ला लगायतका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।

साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्