काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूको बैठक सम्पन्न भएको छ । सोमबार काठमाडौंस्थित गार्डेन होम ठमेलमा सम्पन्न भएको छैटौँ राष्ट्रिय कमिटी बैठकले आगामी २०८० बैशाख १८ देखि २० सम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूका अध्यक्ष विष्णु लम्सालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्ययोजनासमेत पारित गरेको छ ।
एकीकृत ट्रेड युनियन महासंघ नेपालका महासचिव दीपक पौडेलले सञ्चालन गरेको कार्यक्रम औपचारिक अनौपचारिक श्रमबारे श्रम विभागका निर्देशक लगायतबाट प्रशिक्षणलगायत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समीक्षा गरिएको थियो ।












