Logo
Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


2k
Shares

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच शीर्ष नेताबीच छलफल जारी छ ।

छलफलमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

आजै प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सिंहरदरबारमा भेटवार्ता भएको थियो । त्यसक्रममा उनले आफूलाई विश्वासको मत दिन अध्यक्ष नेपाललाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन । कसले कुन मन्त्रालय लिने भन्नेबारे पनि छलफल हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्