Logo
Logo

कस्तो रहला आजको मौसम ?


756
Shares

काठमाडौं । आज तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

हिमपात र बाक्लो हुस्सु÷कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ ।

दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौंमा आज आंशिक बदलीदेखि मौसम समान्यतः सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्