Logo
Logo

बार्सिलोना अन्तिम १६ मा



काठमाडौं । क्याटलान क्लब बार्सिलोना ‘स्पेनिस कोपा डेल रे’ को प्री–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए । पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे ।

तेस्रो डिभिजन टोलीविरुद्ध बीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्