काठमाडौं । बाँकेमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका बालकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएका हो ।

उनीमा ज्वरो आउने, शरिरका विभिन्न भागमा राता–राता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेको थियो । वडा नम्बर ५ मा ८ जना बालबालिकामा उच्च ज्वरोसहित दादुराका लक्षण देखा परेको थियो ।
सोही वडाको एक घरका ४ जना बालबालिकामा यसअघि पनि दादुरा पुष्टि भएको थियो । दादुराको आशंकामा परीक्षण गरिएको र पोजेटिभ देखिएको उपमहानगरले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा बुधबारसम्म २५ जनामा दादुराको जस्तै लक्षण भएका बिरामी फेला परेका छन् ।












