
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रालय फुटाएर सरकारमा जाने हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले सामाजिक सञ्जालमार्फत मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका हुन् ।
‘राप्रपालगायत दलहरूलाई सरकारमा लान मन्त्रालको संख्या बढाइने भन्ने हल्ला निराधार हो,’ उनले भने, ‘मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन मन्त्रालय फुटाएर आफुलाई समर्थन गरेका दलहरुलाई भाग पुर्याउने तयारी गरेको समाचारहरु सार्वजनिक भएका थिए ।












