Logo
Logo

अर्थ र राजस्वका सचिव फेरिए


7.1k
Shares

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ ।

रामप्रसाद घिमिरे र तोयम राया

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

राया उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । यसअघि कृष्णहरि पुस्कर अर्थ सचिव थिए भने राजस्व रामेश्वर दंगाल थिए ।

प्रतिक्रिया दिनुहोस्