
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरोले सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषय टुङ्गो लगाउने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।
स्थायी कमिटी र पोलिटब्युरोले चार दिनसम्म छलफल गर्दा पनि निष्कर्ष निकाल्न नसकेको विषयलाई निचोडमा पुर्याउन पार्टी कार्यालय आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।
जारी सचिवालय बैठकले सरकारमा सहभागी हुने या नहुने, सहभागी भए कुन आधारमा हुने र नभए किन नहुने ? भन्ने विषयमा छलफल गरी निकर्ष निकाल्ने छ ।
बैठकमा अन्य राजनीतिक दलसँग एकता र सहकार्यको विषयमा समेत छलफल चलिरहेको छ ।
पछिल्लो समय एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बीच एकताका लागि छलफल चलिरहेको छ । यस विषयमा पनि वृहत छलफल हुने बताइएको छ ।












