Logo
Logo

‘कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्साैं’


1.9k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गरिनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले राप्रपा संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्ति भएकाले त्यस्ता शक्तिसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्न सक्ने बताएका हुन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा बिदा दिनुपर्नेजस्ता सर्त राख्दै आएको छ ।

साथै, राप्रपाले संघीयता खारेजी र अभिभावकीय भूमिकामा राजा राख्नुपर्ने एजेन्डा उठान गर्दै आएको छ । राप्रपाले सत्ता साझेदार दलहरूको बैठकमा उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय पाउनुपर्ने दाबीसमेत राख्दै आएको छ । यस्तो अवस्थामा भट्टराईले राप्रपा बोक्दा दुष्परिणाम निम्तन सक्ने उल्लेख गरेका छन् ।

राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।

अध्यक्ष भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुन सक्छ । सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ ।’

उनले कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सिन समेत सचेत गराएका छन् । उनले भनेका छन्, ‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौँ ।’

प्रतिक्रिया दिनुहोस्