काठमाडौं । संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार बसेको सर्वदलीय बैठकले संसदको पहिलो बैठकमा दलका शीर्ष नेताले बोल्ने कार्यतालिका तय गरेको हो । प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावलीअनुसार बैठक बस्ने भएको छ ।
साथै, बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तय गरेको छ । सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने दलहरुबीच सहमति भएको छ ।












