काठमाडौं । सामाखुशीमा आगलागी भएको छ । प्रहरीका अनुसार चोकबाट ग्राण्डी अस्पताल जाने सडक नजिक एक घरमा शुक्रबार साँझ आगलागी भएको हो ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । प्रहरीका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल पुगेको छ । आगलागीको कारण खुलेको छैन ।












