Logo
Logo
यती एयर दुर्घटना

मृतक ११ जनाको सनाखत (नामसहित)


1.2k
Shares

काठमाडौं। यती एयरको पोखरामा भएको दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत भएको छ ।

पोखरास्थित गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जना मृतक नेपालीको सनाखत भएको हो ।

सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् ।

यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पतालले जानकारी दिएको छ ।

दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस्