
काठमाडौं । आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा पोखरा ५ जिरो किमी निवासी दम्पती जितेन्द्र बहादुर कुँवर र श्रीमती भगवती कुँवरको निधन भएको छ ।
घरायसी कामकाजको सिलसिलामा काठमाडौँ आएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएक थिए ।
छिमेकी प्रकाशचन्द्र सापकोटाका अनुसार कुँवर सरकारी सेवाबाट निवृत हुन भने भगवती कुँवर स्थानीय समाजसेवा क्लबहरू र आमा समूहमा सक्रिय थिए ।











